डडेल्धुरामा प्रधानमन्त्री देउवाको स्वागत गर्न फूलमाला लिएर लाइनमा बसे

महेन्द्रनगर। चुनावी आमसभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल फूलमाला लिएर गएका छन्।

देउवाको स्वागतका लागि डडेल्धुरा सदरमुकाममा लाइनबद्ध कांग्रेस कार्यकर्तासँगै स्वतन्त्र उम्मेदवार ढकाल पनि फूलमाला लिएर लाइनमा बसेका हुन्।

देउवाले आज डडेल्धुरा सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दैछन्।

ताजा समाचार