डडेल्धुरामा सभालाई सम्बोधन गर्दै देउवा, आजै काठमाडौँ जाने

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम
र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रमपछि देउवा आजै काठमाडौँ फर्किने जनाइएको छ।

देउवा गत बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर देउवाले अमरगढी नगरपालिकास्थित बसपार्कको आमसभालाई सम्बोधन गरेका थिए।

उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरे भने शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए।

ताजा समाचार