दोधाराचाँदनीमा ५० जना नेकपा एमाले नेता कार्यकर्ता काँग्रेसमा प्रवेस

महेन्द्रनगर । शनिबार एक कार्यक्रम विच नेकपा एमाले दोधाराचाँदनी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेस गरेका छन । काँग्रेस प्रवेस एमाले नेता भन्छन, ‘एमाले अब राजावादीसंग मिलेर राजतन्त्र फर्काउन लाग्यो, लोकतन्त्र बचाउन काँग्रेसतिर आएका छौँ ।

नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले गत स्थानीय तह निर्वाचन दोधाराचाँदनी ४ नम्बर वडाबाट वडाध्यक्षका उम्मेदवार बिरेन्द्र दत्त जोशी, जयन्ती पोखरेल, शिवराम पोखरेल, मदन विक, प्रेम विवस सहितका ५० जना एमाले नेता कार्यकर्ता काँग्रेसमा प्रवेस गरेको बताए ।

एमाले परित्याग गरेका नेता कार्यकर्ताहरुलाई काँग्रेस नेता एव बाम लोक लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, बेल बहादुर राना सहितले प्रवेस गराएका छन ।

एमाले छाडेर काँग्रेस प्रवेस गरेका नेताहरुले एमालेमा चाकरी, चाप्लुसी, कुनै सिद्धान्त नभई पुरै राजावादीसंग साँठगाँठ गरेर राजतन्त्र फर्काउने काममा तल्लीन हुँदा लोकतन्त्रको रक्षाका लागि काँग्रेस प्रवेस गरेको बताएकान छन । यस्तै उनीहरुलले पछिल्ला दिनहरुमा माओवादीबाट आएका नेता कार्यकर्ता हावि हुँदा सच्चा एमाले नेता कार्यकर्ता पाखा लागेको भन्दै काँग्रेसमा प्रवेस गरेको बताएका छन ।

ताजा समाचार