सामना साँस्कृतिक परिवारले बिरोध कार्यक्रम गर्दै


महेन्द्रनगर । नेकपा विप्लव निकट सामना साँस्कृतिक परिवारले कञ्चनपुरमा विविध साँस्कृतिक कार्यक्रम गरेको छ । निर्वाचनको बिरोधमा रहेको नेकपा निकट सामना साँस्कृतिक परिवारले जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरेको छ । नेकपा कञ्चनपुरका सचिव परिर्वतन सीले जिल्लाको शुक्लाफाँटा, लालझाडी सहितका क्षेत्रमा कार्यक्रम गरेको बताए ।

‘हाम्रो पार्टीले वर्तमान संसदीय चुनाव बहिस्कार गरिरहेको छ, ‘उनले भने, ‘यही अनुरुप सामनाले जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।’ सोमबारै कञ्चनपुरको दक्षिणी क्षेत्रका गाँउबस्तीमा कार्यक्रम सचालन गरिने र ३० कार्तिकमा धनगढीमा हुने कार्यक्रममा समेत समाना साँस्कृतिक परिवारको बेजोड प्रंस्तुती हुनेछ ।

ताजा समाचार