कांग्रेसले गर्‍यो बागी र सहयोगीलाई थप कारबाही

महेन्द्रनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंसिर ४ को चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार दिएका थप नेताहरूमाथि कारबाही गरेको छ।

कांग्रेसले चुनावी तालमेल गरेका क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका, तिनका समर्थक र प्रस्तावमाथि कारबाही गरेको छ।कांग्रेसले बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई ५ वर्ष पार्टीबाट निकाल्ने निर्णय गरेको छ।

महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र राम एकवालप्रसाद यादव (शिल्पु) लाई पार्टीबाट हटाइएको अनुशासन समितिले जनाएको छ ।

कांग्रेसले यसअघि केन्द्रीय सदस्य दिनेश कोइरालासहित नेताहरूलाई निस्कासन गरेको थियो।

ताजा समाचार