अन्तर्राष्ट्रिय खेलका लागि पाकिस्तानी टिम नेपाल आइपुग्यो

महेन्द्रनगर । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।

कात्तिक ३० गते हुने एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टिम आइतबार राति नेपाल आइपुगेको हो । दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

पाकिस्तानसँगको खेलका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० मछिन्द्र क्लबका प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदा रोहित चन्दलाई कप्तानी सुम्पिएको छ ।

नेपालले पछिल्लो पटक दशरथ रंगशालामा असोजमा ११ गते बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो ।

ताजा समाचार