गठबन्धनलाई जिताउँदा बलियो गठबन्धनको सरकार बन्छ :प्रचण्ड

महेन्द्रनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन ।सोमबार लमजुङको राइनसमा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले यो देशलाई अघि लैजाने र जनताको अधिकारलाई सुनिश्चित गर्न गठबन्धनलाई जिताउनुपर्ने बताएका हुन् ।प्रचण्डले भने,हामी सरकारमा छौं ।

गठबन्धनलाई जिताउँदा बलियो गठबन्धनको सरकार बन्छ । गठबन्धनको जित सुनिश्चित छ । सुशासन, विकास र समृद्धि नै गठबन्धनको एजेण्डा हो । ’प्रचण्डले केपी शर्मा ओली सत्तामा आएपछि लोकतन्त्र र संविधान च्यातिएको बताए ।

यो गठबन्धनलाई चुनावसम्म मात्रै नभइ संविधान, लोकतन्त्र र शान्तिमाथि जबसम्म चुनौती रहन्छ त्यतिबेलासम्म गठबन्धन रहिरहने बताए । प्रचण्डले भने,‘यो गठबन्धन १०, १५, २० वर्षसम्म रहिरहन्छ । चुनावपछि भत्किन्छ कि भनेर हल्ला फिजाइएको छ ।

ताजा समाचार