कञ्चनपुरमा एमाले उम्मेदवारलाई आफ्नै बाँगी उम्मेदवारबाट खतरा


महेन्द्रनगर । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई आफ्नै बागी उम्मेदवार भारी परिरहेका छन । एमाले उम्मेदवारलाई आफ्नै बाँगी उम्मेदवारबाट खतरा बढिरहेको छ । कञ्चनपुरमा एमालेले क्षेत्र ३ मा राप्रपासंग चुनावी गठबन्धन गरेको छ । भने जिल्लाका १ र २ मा एमाले एक्लै चुनावमा सहभागि भएको छ । जहाँ गठबन्धन नै नगरेको क्षेत्रमा एमालेका आधिकारिक उम्मेदवार बिरुद्धमा पाटीका प्रभावशाली नेताहरुले बागी उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन ।

क्षेत्र १ मा एमालेका ३ जना र २ मा एक जना नेता बागी उम्मेदवार छन । ३ मा एमालेका पृष्टभूमिका ३जना उम्मेदवार छन । १मा एमालेका प्रभावशाली नेता खेम सुवेदीले पाटीका आधिकारिक उम्मेदवार तालारालामा बिरुद्धमा बागी उम्मेदवारी दिएका छन । १९क०मा एमालेका अर्का नेता भक्त बहादुर अधिकारीले पाटीका आधिकारिक उम्मेदवार बीर बहादुर थापा९पातल० बिरुद्धमा उम्मेदवारी दिएका छन । क्षेत्र १मै ९ख० तर्फ एमालेका आधिकारिक उम्मेदवार पल्लवराज भट्ट बिरुद्धका युवा नेता टेक साउदले बागी दिएका छन ।

सुवेदी, थापा संघ र साउद प्रदेशमै सिफारिस भएका थिए । क्षेत्र २९क०मा एमालेका प्रभावशाली नेता टेक बहादुर हमालले आफ्नै पाटीका आधिकारिक उम्मेदवार बचन सिह बिरुद्धमा बागी उम्मेदवारी दिएका छन । क्षेत्र ३ मा एमाले पृष्टभूमिका नेताहरु पाटी परिर्वतन गरेर चुनावमा होमिएका छन । लामो समयदेखि एमालेमा काम गरेका कृष्ण दमाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघ तर्फ उम्मेदवारी दिएका छन । भने एमालेबाटै समाजवादी भएका प्रकास रावल र लोक विक्रम थापाले क्षेत्र ३९क०बाट प्रदेश सभा उम्मेदवारी दिएका छन ।

क्षेत्र ३मा एमालेले राप्रपासंग गठबन्धन गरेपछि रुष्ट एमाले नेता कार्यकर्ता कम्युनिष्ट पाटीले राजावादी पाटीसंग मिलेर कुठाराधात गरेको भन्दै पाटी परित्याग गरेर समाजवादीमा प्रवेसदेखि राजा ल्याउने पाटीलाई साथ दिन नसक्ने भन्दै हिडेका छन । पाटीले गठबन्धन गरेर घात गरेको भन्दै एमालेबाट उक्त प्रदेशका सिफारिस भएका जिल्ला उपसचिव कर्ण बहादुर चन्दले उम्मेदवारी दिएपनि केही समयपछि फिर्ता लिएका थिए ।

टिकट पाएका नन्दलाल चटौत असन्तुष्ट हुँदै उनी अधिकाँस प्रचारप्रसारका लागि क्षेत्र १, २मै जाने गरेको एमाले नेताले बताएका छन । यद्यपी एमालेले बागी उम्मेदवारलाई कार्बाही समेत यस अघि नै गरिसकेको छ, केही नेता कार्यकर्ताहरु बागीकै पछि परेका छन । बागी जिताउने भन्दा पनि पाटीका आधिकारिक उम्मेदवार हराउने पक्षमा भित्रभित्र लागेपछि एमालेमा बबण्डर मच्चिएको छ । ‘एमालेले विगतमा जितेको अहिले पनि जित्ने सिट राप्रपालाई दियो, ‘एक एमाले नेताले भने, ‘हाम्रो पाटीले राजावादीसंग मिलेर गर्न खाजेको के चाही रहेछ ।’

एमालेबाट आफ्नै उम्मेदवार हराएर आफु जित्ने दाउ बनाएका एमाले नेताहरु खेम सुवेदी, टेक हमाल, भक्त बहादुर अधिकारी र टेक साउदले चुनावी घरदैलो अभियानदेखि निरन्तर एमाले नेता कार्यकर्ता, शुभचिन्तक मतदाता भेटिरहेका छन । एमाले क्षेत्र २का नेता ललित हमालले स्वतन्त्र उम्मेदवार टेक हमालले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर घरदैलो अभियान गरिरहेको बताए । ‘हामी जहाँ जान्छौँ, त्यहाँ सबै हाम्रा एमालेमै नेता कार्यकर्ता शुभचिन्तकले पाटीका प्रभावशाली एव जनप्रिय नेता टेक हमाल जिताउने बचन दिईरहेको पाएका छौँ, ‘उनले भने, ‘दिउँसो एमालेकै प्रचारमा हुन्छन, मत हाल्ने बेला टेक हमाल हाल्ने बचन दिईरहेका छन ।’

क्षेत्र १९०बाट एमालेका प्रभावशाली नेता भक्त बहादुर अधिकारीले पाटीले गरेको गलतका बिरुद्धमा आफ्नो उम्मेदवारी परेको बताउँदै चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगिरहेको बताए । ‘मप्रति एमाले क्षेत्र १९क०का नेता कार्यकर्ता, शुभचिन्तक सर्मथक मतदाताको अधाग साथ सदभाव छ, ‘उनले भने, ‘मलाई विश्वास छ, मंसिर ४ मा अधिकाँस एमाले नेता कार्यकर्ता मेरै पक्षमा साथ दिनेछन ।’

क्षेत्र १ प्रतिनिधी सभा सदस्य तर्फ एमालेबाट २८ बर्षदेखि नियमित सिफारिस हुने तर टिकट कहिल्यै नपाउने प्रभावशाली किसान नेता खेम सुवेदी पनि निरन्तर चुनावी प्रचारप्रसारमा जुटेका छन । एमाले प्रभावशाली नेता सुवेदीले समेत आफुलाई एमालेका नेता कार्यकर्ता शुभचिन्तक एव मतदाताहरुले सहयोग गर्ने अपेक्षा गरेका छन । ‘हाम्रो क्षेत्रबाट ग्रासहुटका जनताको चाहना अनुरुप ०५१ देखि ०७९ सम्म नियमित सिफारिस हुने खेम सुवेदीप्रति जहिल्यै घात भयो, ‘एमाले बेलौरीका कार्यकर्ता पदम रानाले भने, ‘यसपटक त उहाँ स्वतन्त्र रुपमा मैदानमा होमिएका छन, क्षेत्र १ का एमाले नेता कार्यकर्ताको राम्रो साथ पार्ईएको छ ।’

पाटीले कतै कार्बाही गरिहाल्छ की भन्ने डरले नेता कार्यकर्ता खुलेरै नलागेपनि दिउँसो पार्टीका उम्मेदवार र राती खेम सुवेदीका लागि मत मागिरहेको र ४ गते झ्याप्रै सुवेदीमै मत दिने दावि गरेका छन । प्रतिनिधी सभा सदस्यका उम्मेदवार खेम सुवेदीले अवसरवादीहरुले पाटी कब्जा गरेको भन्दै उम्मेदवारी दिएको बताउँदै आएका छन । आफ्नै नेता चरम असन्तुष्ट हुँदै उम्मेदवार हराउने मिसनमा जुटेपछि एमालेलाई खतरा उत्पन्न भएको नेताहरुले बताएका छन ।

एमाले कञ्चनपुरका युवा नेता उमेश पाण्डेले जिल्ला बाहिरका उम्मेदवार हुँदा एमालेका सच्चा नेता कार्यकर्ता निरास भएको र टुरिष्टका लागि अन्तिम उम्मेदवारी बनाउनुर्ने बताए । कञ्चनपुरका जुन क्षेत्र र जहाँ जहाँ एमालेका बागी उम्मेदवार छन, त्यहाँ अन्य पाटीभन्दा आफ्नै बाट खतरा रहेको नेताहरुको भनाई छ । बागीलाई बसाउनका लागि बालकोटसम्म प्रयास गरेपनि उनीहरु स्वतन्त्र रुपमा चुनावी मैदानबाट ब्याक भएका छैनन ।

ताजा समाचार