चुनावका लागि सुरु भयो स्थिर अवधि, कस्ता पालना गर्नुपर्ने नियम

महेन्द्रनगर। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थिर अवधि सुरू भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि स्थिर अवधि सुरु हुने व्यवस्था छ ।

अब मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मका लागि स्थिर अवधि लागु हुन्छ । निर्वाचन आयोगले स्थिर अवधिमा चुनावी प्रचारप्रसार गरे दल तथा उमेदवारलाई २५ हजार रुपैयाँ जरिबाना गराउने चेतावनी दिएको छ ।

निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ को उपदफा ९५० अनुसार कसैले पनि स्थिर अवधिभर कुनै उमेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाउँदैन ।

आयोगले स्थिर अवधिमा राजनीतिक दल वा उमेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्न रोक लगाएको छ ।मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न पाइने छैन ।

साथै फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, सेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा हटाउनुपर्ने छ ।

बिहीबार राति १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन गर्न पाइने छैन ।

ताजा समाचार