कञ्चनपुरको खुना बस्तिमा चुनावले छोएन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ उज्जल टोल सालघारीमा विगत २४ वर्ष देखि बसोबास गर्दै आइरहेका खुना बस्तिको आफ्नै वेदना रहेका छन् । रिपोर्टिङको क्रममा हामी दुईजना साथी भएर हिँड्दै गर्दा हाम्रो नजर उक्त बस्ति तर्फ पर्न गयो । उक्त बस्तीको बारेमा बुझ्दा अहिलेसम्म कुनै पनि पत्रकार उक्त बस्तिमा नगएको बस्ति वरिपरि बस्ने व्यक्तिहरूले बताउँछन् । उनीहरूको कुरा सुनेर हाम्रो मनमा झन् उक्त बस्तिमा जाने इच्छा जागेर आयो र हामी दुबै जना साथी भएर रिपोर्टिङ गर्न उक्त बस्ति तर्फ लाग्यौं ।

झाडी फाँडेर बनेको उक्त बस्ती यहाँ अहिले करिब ३० ओटा घरका छाप्राहरू रहेका छन् । भीमदत्त नगरपालिका सालघारीको किनारमा लहरै बसेका छाप्राहरूका सबैका आ-आफ्नै दुःख पिडाहरू छन् ।

कुनै छाप्राहरु खरको घाँसले छाएका छन्, कुनै छाप्रा त्रिपालले बेरिएका छन् भने, कुनै टिनले छाएर बसेका छन् । कञ्चनपुरकै एक मात्र खुना बस्ति भनेर परिचित रहेको उक्त बस्तीमा बसोबास गर्दै आइरहेका कम्तिमा २५१ जनाको संख्या रहेको छ् भने, उक्त संख्या मध्ये १२४ जना महिला, ९० जना पुरुष, ३५ जना बालबालिका, एक जना वृद्ध रहेका छन् भने, एक चाहिँ अपाङ्गता भएका व्यक्ति पनि रहेका थिए । त्यसै मध्ये ३० जना महिला र १० जना पुरुष गरी ४० जना मतदाता पनि रहेछन् ।

उक्त बस्तिमा बस्ने कतिपय व्यक्तिहरू संग नागरिकता थिएन् । “अहिलेसम्म पनि नागरिकता किन नबनाउनु भएको भनेर सोध्दा” नागरिकता बनाएर अब हामीलाई के नै पो दिने हुन् भनि उक्त बस्तिका बासिन्दाहरू भन्छन् ।”

यस नगरपालिका-१८ का खुना बस्तिमा बसोबास गर्ने बासिन्दाहरू उक्त क्षेत्रमा आउँनु भन्दा पूर्व कञ्चनपुर क्षेत्रकै अर्को ठाउँबाट नगरपालिका-१८ मा आएर बसोबास गरेको उक्त ठाउँका बासिन्दाहरूले बताउँछन् । त्यसैगरी उक्त क्षेत्रका स्थानीय देव वैद्यले भन्छन्, “अधिकांश मानिसहरु २४ वर्ष अगाडि अर्काको घरमा काम गरी कमैया भएर बस्ने गर्दथे । यसरी नै हामीहरू आफ्नो दिन चार्य बिताउने गर्दथे । कसैले पनि आफ्नो पुर्खेउली जग्गा जमीन बेचेर उक्त क्षेत्रमा नआएको वैद्यले बताउँछन् ।”

वैद्यले भने, “यतिका वर्षदेखि बसोबास गरेतापनि अहिलेसम्म हामीले उक्त ठाउँको जमिनको लालपुर्जा पाएका छैनौं । निर्वाचनको बेला हरेक पार्टिका उम्मेदवारहरू यस क्षेत्रमा आएर तिमीहरूलाई जग्गाको लालपुर्जा हात हातमा दिन्छौं भन्ने गरेका हुन्छ, तर अहिलेसम्म पनि हामीलाई कुनै पनि पार्टीका उम्मेदवारहरूले हेरेका छैनन्,भनि वैद्यले बताउँछन् ।”

त्यसैगरी उक्त क्षेत्रकै बासिन्दा लाल बहादुर सुनारले भन्छन्, “वर्खायामको समयमा वर्षा संगै झरी पर्दा हामिलाई हिँड्नका लागी बाटो र पिउनका लागि पानी समेत हुँदैन ।, आकाश बाट परेको पानी समेत ढल निकास गर्ने कुनै ठाउँ नभएर घर भित्र पानी जाने गर्छ । सरकारी जग्गा भएतापनि हामीले हिँड्नका लागि बाटो पाएका छैनौं भनि सुनारले बताए ।”

बेरोजगारिको कारण आर्थिक रूपमा मजबुत नहुदा बालबालिकालाई स्कुल पढाउनका लागि कापीकलम ,पोशाक संगै राम्रो उच्च शिक्षा दिन सक्ने क्षमता समेत छैन् । आर्थिक अवस्था कमजोरका कारण उक्त क्षेत्रका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएका छन् भने, आफ्नो जीवनयापन चलाउन मजदुरी गरेर आफ्नो परिवार र घरखर्च चलाई रहेका छन् ।

त्यसैगरी २ सय ५१ जनाको संख्या चाप अधिक भएतापनि उक्त बस्तीमा जम्मा तिन ओटा शौचालय रहेका छन् । शौचालय बनाउने समेत उक्त बस्तिमा ठाउँ छैन् ।, बिहान शौचालय जानको लागि लाइनमा बस्नु पर्ने समस्या समेत रहेको स्थानीयहरूले बताए । जसकारणले गर्दा उक्त क्षेत्रमा शौचालयको समेत निकै समस्या रहेको छ् ।

उक्त क्षेत्रकी बासिन्दा द्राेपति खत्रीले भन्छिन्, “नगरपालिकामा गएर हामीले पटक-पटक आफ्नो समस्याहरू सुनाउँदा पनि नगरपालिकाले नसुनेको जस्तो गरेर कानमा तेल हालेर बसेका छन् । हामी बासिन्दाहरूले आफ्नो दुःख पिडाहरू कसलाई सुनाउने र कसको अगाडि गएर भन्ने भनेर खत्रीले भनिन् ।”

यस्तो किसिमको दमन आखिर कहिलेसम्म हुन्छ त विपन्न बस्तीमा ? भनेर उल्टै हामीलाई प्रश्न गरिरहेका थिए । जहाँ लालपुर्जा बिना विभिन्न अवसरबाट बन्चित रहेका छन् । आफ्नो समस्याहरू भन्न बोल्न समेत पाएका छैनन् । उक्त बस्तीका बासिन्दाहरू आफु निकै समस्यामा रहेको बताउँछन् ।

त्यसैगरी खुना बस्तिका स्थानीयहरू भन्छन्, “आजसम्म पनि उक्त क्षेत्रमा कुनै पनि मिडियाकर्मी पत्रकारहरू आएका थिएनन्, जसकारणले गर्दा हामीले आफ्नो समस्याहरूलाई कसैको सामु खुलेर भन्न र बोल्न पाएका थिएनौं तर, तपाईंहरू आज हाम्रो यस क्षेत्रमा आएर हाम्रो बारेमा समाचार बनाउँदा हामी बासिन्दाहरूको मनमा पनि केही आश पलाएर आएको छ्, तपाईंहरू मार्फत हाम्रो दुःख र समस्याहरू आम जनताहरू सम्म पुग्ने छ् भनेर उक्त बस्तिमा बासिन्दाहरूले भने ।”

खत्रिले भनिन्,” चुनावको बेला मात्र विभिन्न पार्टीका नेताहरू आएर हामीहरू संग ठुल्ठुला कुरा गरेर आश देखाएर मात्र जाने गरेका हुन्छन् तर, अहिलेसम्म पनि हामीले कुनै पनि किसिमको सुबिधा पाएका छैनौं । चुनाबमा जितेर गएसी हामीहरूलाई फर्केर समेत हेर्दैनन् । मत पाउनका लागि मात्र हामीकहाँ खोजि खोजि आउने गर्ने गर्छन् भने, चुनाव पछि हामीहरूले उमेदवारहरूको अनुहार समेत देख्न पाउँदैनौं भनी खत्रिले भनिन् ।”

“अहिलेसम्म कुनै पनि पार्टीका उम्मेदवारहरूले हाम्रो समस्याहरू समाधान गरेका छैनन् । मत माग्नका निम्ति आफु कारमा चडेर आउने गर्छन तर, हामीलाई हिँड्नको लागि बाटो समेत नभएको उक्त बस्तिका बासिन्दाहरू भन्छन् ।”

चुनाबको समयमा मात्र तपाईंलाई हामी बस्नका लागि घर जग्गा दिन्छौं ,जमिनको लाजपुर्जा दिन्छौं , रोजगार दिन्छौं जस्ता कुरा गर्छन् तर, अहिलेसम्म पनि हामीले कुनै पनि किसिमको रोजगारीको अवसरहरू पाएका छैनौं भनि स्थानीय किसन सुनारले बताए । उनले भने, “उम्मेदवारहरूले काम गरेर देखाउनु भन्दा पनि उनीहरूको बोलि भनाईमा मात्र सिमित रहेको छ ।,जसकारणले गर्दा उक्त क्षेत्रमा अहिलेसम्म पनि कुनै विकास भएको छैन ।, चुनाविको प्रचार-प्रसार गर्नको लागि हामीलाई डराइ, धम्काइ गरेर लग्ने गर्छन्, यति गएन भने तिमीहरूलाई यस ठाउँबाट निकाल्ने जस्ता कुरा गर्ने गरेका हुन्छन् । त्यसकारणले गर्दा हामी बाध्य भएर पनि चुनावी प्रचार-प्रसारमा जाने गर्दछौं भनि सुनारले बताउँछन् ।”

दिनरात मजदुर गरेर हामीले आफ्नो परिवारलाई पाल्ने गरेका छौं, तर चुनाबी प्रचार-प्रसारमा गएर हामीले आफ्नो बालबालिकाहरूलाई के खुवाउने भनेर उक्त बस्तिका बासिन्दाहरू भन्छन् । आखिर कहिले आउँछ त खुना बस्तिमा सुःखको उज्यालो? कहिले पाउने हुन् यस बस्तिकाका पिडितहरूले रोजगारको सुबिधा? भनेर त्यस बस्तिका बासिन्दाहरूले भने ।

ताजा समाचार