कैलाली क्षेत्र नं ३ नागरिक उन्मुक्तिको गंगाराम चौधरीका सबै उम्मेदवार विजयी(जई धकिया)

महेन्द्रनगर । कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्।
यस्तै प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।

प्रदेश सभातर्फको ९१० मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए।
प्रदेश सभातर्फको ९२० मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत ल्याए।

ताजा समाचार