बैतडीमा एक महिला तीन दिनदेखि सम्पर्क विहिन

महेन्द्रनगर ।   बैतडीको सुर्नया गाउँपालिकाकी एक महिला ३ दिनदेखि बेपत्ता भएकी छन् । यही मंसिर ७ गते बुधबारबाट सुर्नया गाउँपालिका –५ बिष्टपालीकी २४ वर्षीया मञ्जु बिष्ट बेपत्ता भएकी वडा अध्यक्ष केशव बिष्टले जानकारी दिए ।

बुधबार दिउँसो घरबाट दाउरा काट्न जान्छु भनेकी ती महिला सोही दिनदेखि सम्पर्क विहिन रहेकी उनले बताए । बेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी वडा अध्यक्ष बिष्टले बताए । बेपत्ता भएकी महिलाको बारेमा प्रहरीलाई समेत जानकारी गराइएको पारिवारिक श्रोतले जनाएको छ ।
बेपत्ता महिलाको घरमा ७ बर्षीय छोरा छ भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।

ताजा समाचार