कैलालीमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

महेन्द्रनगर । कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका १० अमखैयामा आज मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलालीकै धनगढी उपमहानगरपालिका ३ का ३६ वर्षीय टेकनाथ न्यौपाने रहेका छन्।सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा न्यौपानेको मृत्यु भएको प्रहरी चौकी पहलमानपुरले जनाएको छ। आइतबार बिहान सवा ७ बजे से ५ प १३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

ताजा समाचार