spot_img

बझाङमा भिरबाट लडेर २७ वर्षीया महिलाको मृत्यु

महेन्द्रनगर । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका–५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।

आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो। जिल्ला अस्पताल बझाङका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो। बोहराको धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

ताजा समाचार

spot_img