बाजुरामा डा. जस्मिताले गर्भवती तथा सुत्केरी महिलालाई बचाउँदै

महेन्द्रनगर । धनगढी जिल्ला अस्पताल बाजुरामा कार्यरत महिला चिकित्सक जस्मिता बलमपाकी जिल्लाका गर्भवती महिला र आमाको ज्यान बचाइरहेकी छिन्। जिल्ला अस्पताल बाजुरामा जस्मिताले गत वैशाखदेखि आकस्मिक प्रसुती सेवा दिइरहेकी छिन्।


जस्मिताले बाजुरा अस्पतालमा २८ जना गर्भवतीको सफल अप्रेसन गरेकी छिन्। उनले गरेका अप्रेसन सबै सफल भएको र नवजात शिशु पनि सकुशल जन्मेका अस्पतालले जनाएको छ। डा। जस्मितालाई स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटले जिल्ला अस्पताल बाजुरामा पठाएको हो।


बाजुरा अस्पतालमा पुरुष चिकित्सकमार्फत गर्भवती महिलाको अप्रेसन गर्ने गरिएको थियो। डा। जस्मिता आइसकेपछि अस्पतालमा महिला चिकित्सकबाट अप्रेसन हुँदा निकै सहज भएको गर्भवती महिला बताउँछन्।

पुरुष चिकित्सक हुँदा महिलाहरु खुलेर बोल्न सक्दैनन्, महिला चिकित्सकसँग खुलेर समस्या राख्ने गरेको अस्पतालमा कार्यरत स्टाफ नर्स विमला ओलीले बताइन्।


आकस्मिक प्रसुती सेवा मात्र नभई अस्पतालमा महिला चिकित्सकको सेवा प्रभावकारी बन्दै गएको छ। वषैँदेखि रोग पालिरहेका महिलाले अहिले खुलेर उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ। डा। जस्मिताले अस्पतालमा मानसिक समस्यामा परेकालाई पनि परामर्श सेवा दिदै आइरहेकी छिन्।


उनले जिल्ला अस्पताल बाजुराभन्दा पहिला जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकामा समेत सेवा दिइसकेको बताइन्। उनी दुई वर्षदेखि दुर्गमका बिरामीको सेवामा व्यस्त छिन्। दुर्गममा चिकित्सक नबस्ने समचार आइरहँदा बलमपाकी भने बाजुराको दुर्गम ठाउँमा सेवा दिइरहेकी छिन्।

ताजा समाचार