डोटीमा २७ बर्सिया सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार

महेन्द्रनगर । डोटीकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वर कि २७ बर्सिया अमृता देबि बोहराको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको हो। उच्च रत्तश्राव भएपछि बोहराको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बोहराले जानकारी दिएका छन् ।

सोमबार साझ देखि सुत्केरी बेथा लागेकि बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगीएको थियो । उच्च रत्तश्राव नरोकिएपछि थप उपचारका लागी नेपाली सेनाको एन एकल साइन ०४५ नम्बको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएकी छिन् ।

ताजा समाचार