बाजुरामा रोकिएको मतगणना सुरु

महेन्द्रनगर । बाजुराको मतगणना सुरु भएको छ। बाजुरा जिल्लाको रोकिएको मतगणना अहिले दिउसो ३ बजेर ३० मिनेटबाट सुरु भएको जनाइएको छ । यस अघिमुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने सहमति गरेको थियो। सो अनुसार मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन्। आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो।

तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो। बुधवार बेलुका, आज बिहिवार बिहान ७ बजे र बिहान ११ बजे बैठक बसेको थियो ।

ताजा समाचार