जनतालाइ पछुतो नहुने गरि काम गर्ने कञ्चनपुरको क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित : विष्ट

महेन्द्रनगर । कञ्चनपुरको क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका दिवान सिंह विष्टले जनतालाइ पछुतो नहुने गरि काम गर्ने बताउनुभयो ।

आफू निर्वाचित भइसकेपछि आइतबार बेलौरी नगरपालिकामा पत्रकार सम्मेलनद्वारा आम मतदातालाई धन्यवाद ज्ञापन गएका छन् । विष्टले जनताहरुको अपेक्षा अनुरुप काम गर्ने बताएका छन्।

‘म पहिले २०७० सालमा संविधान सभा सदस्य पनि भइसेको छु । मैले दुई वर्ष प्रतिनिधि सभामा सदस्य भएर पनि काम गरिसकेको छु,’ उनले भने,

मुख्यमन्त्रीकै रुपमा हेरी जिम्मेबारी पाए उत्कृष्ट काम गर्ने बताउनुभयो । मैले राजनीतिक सङ्गठनमा पनि काम गरेको करिब ३२ वर्ष भइसक्यो, नेविसंघबाट काम गरेको ४५ वर्ष भइसक्यो ।

२०७० मा चुनाव लडेर जितेको र २०७४ मा पनि सङ्घीयमा चुनाव लडेको हुँ । आफू मुख्यमन्त्री भएपछि अहिलेको सरकारको भन्दा पनि राम्रो काम गर्ने बताए । ‘यदि म मुख्यमन्त्री भइहाल्यो भने मैले जनतामुखी नै पहिलो निर्णय गर्नेछु ।

म काम गर्ने मान्छे हुँ । म काम गरेर इतिहास बनाउने मान्छे हुँ । सुदूरपश्चिममा अहिलेको सरकारले जति काम गर्‍यो । म यो पाँच वर्षमा गरेको यो सरकारको भन्दा पनि राम्रो काम गरेर देखाउने छुँ,’

उनले भने ‘मैले मुख्यमन्त्रीको शपथ खाएकै दिन मैले जनतामुखी नै निर्णय गर्नेछु । जसले यहाँका जनताले हाम्रै लागि, प्रदेशका लागि,जनताका लागि राम्रो निर्णय गर्‍यो भन्ने बनाउँछु ।’

ताजा समाचार