बेपत्ता र मृतक भएका दुई प्रहरीका परिवारलाई आर्थिक सहयोग


 महेन्द्रनगर  ।  मृतक र बेपत्ता भएका दुई जना प्रहरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । पहिरोमा परेर बेपत्ता भएका प्रहरी जवान मोहन कुँबर र सवारी दुर्घटनामा मृत्यु भएका अर्जुन कठायतको परिवारलाई उनीहरुका ब्याजी सहकर्मीहरुले आर्थिक सहयोग गरेका हुन् ।

प्रहरी जवान मोहनकुँबरको परिवारलाई ६५ हजार ५ सय २८ रुपैयाँ र अर्जुन कठायतको परिवारलाई ६१ हजार हजार रुपैयाँ सहयोग गरेको सहयोगदाता प्रेमसिंह धामीले बताए । २०७९ असार १ गते गोरखा कार्य क्षेत्रमा फर्किने क्रममा पहिरोमा परी प्रहरी जवान मोहन कुँबर बेपत्ता भएका थिए भने प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचन सकेर फर्किने क्रममा २०७९ मंसिर ५ गते बैतडीमा जीप दुर्घटनामा परेर अर्जुन कठायतको मृत्यु भएको थियो ।

डोटीस्थित बुडर तालिम केन्द्रमा सँगै तालिम गरेका सहकर्मी प्रेम सिंह धामी, प्रकाश कठायत लगायतको पहलमा १ सय १ जना प्रहरी द्धारा मृतकप्रहरी जवान मोहन कुँबर र अर्जुन कठायतको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

सहयोगदाता धामीले ‘जब एनिभर्सरी’को अवसरमा मृतक कुँबर र कठायतको छोराछोरीहरुको पठनपाठनका लागि सहयोग गरेको बताए । आगामी दिनहरुमा पनि साथीहरु मिलेर यस्तै सहयोग गर्दै जाने उनको भनाइ छ । नेपालभर छरिएर रहेका १ सय १जना प्रहरी जवानहरुले नगद एक लाख २२ हजार रुपियाँ संकलन गरेका थिए । जव एनिभर्सरीको अवसरमा अघिल्लो बर्ष स्वर्गिय प्रहरी जवान रामबहादुर साउँदको परिवारलाई आर्थिक ४५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको थियो । रामबहादुर साउँद २०७७ कार्तिक १ गते प्रहरी पोष्ट जुगेडामा गस्ती डिउटी गर्ने क्रममा तस्करहरुबाट मारिएका थिए ।

कुँवर अझै बेपत्ता
२०७९ असार ३ गते घर बिदा सकेर कार्यस्थल गोरखाको बिकट प्रहरी चौकी सामा गाउँ जाने क्रममा पहिरोमा परेर बेपत्ता भएका थिए । उनी घरबाट हाजिर हुन गोरखा गएको भन्ने प्रहरी अनुसन्धानले पुष्टि गरिसकेको छ । ‘गोरखाको बिकट सामागाउँ चौकी जानको लागि पैदल जानु पर्ने हुन्छ । त्यो दिन पानी परिरहेको र पानि परिरहेको भएर उनले एउटा होटेलमा खाजामा चाउचाउ र अण्डा खाई पानी रोकिन्छ कि भनि २÷३ घण्टा पर्खेर बसेका थिए, पानी नरोकिएपछि पानीमै पैदल गएको देखिन्छ, सो ठाउँमा पहिरो समेत गएकोले कुवँर पहिरोमा परेको हुन सक्छन्,’ प्रहरीको अनुसन्धान रिपोर्टमा उल्लेख छ । बेपत्ताकुवँरको परिवारमा श्रिमति र तीन छोरी छन् । अहिले उनीहरुको पालनपोषण र पठन पाठनमा समस्या भइरहेको बताइएको छ ।

ताजा समाचार