अस्पतालबाट खसेर ६५ वर्षीय एक महिलाको मृत्यु


महेन्द्रनगर । पोखरा(११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।


मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरालाई भेट्न गएकी पोखरा(१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।
छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार