महेन्द्रनगर । बाजुरामा एक कुखुरा फर्ममा आगलागी भएको छ। बाजुराको बडिमालिका नगरपालिका ६ जडङ्गा रहेको एक कुखुरा फर्मभित्र आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हिटर सर्ट भई गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेका ९ सय ८० वटा कुखुरा, दाना लगायतको सामान जलेको छ।
आगलागीबाट करीब ९ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ।
प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिइएको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।