महेन्द्रनगरस्थित खुलामञ्चको उचित व्यवस्थापन, सार्वजनिक शौचालय तथा खानेपानीको प्रवन्ध मिलाउन स्थानीयबासीले नगर प्रमुख बोगटीलाई ध्यानाकर्षण पत्र बुझाए

महेन्द्रनगर । महेन्द्रनगरस्थित खुलामञ्चको उचित व्यवस्थापन, सार्वजनिक शौचालय तथा खानेपानीको प्रवन्ध मिलाउन स्थानीयबासीले नगर प्रमुख बोगटीलाई ध्यानाकर्षण पत्र बुझाए

महेन्द्रनगर। कंचनपुरको महेन्द्रनगरस्थित खुलामञ्चको उचित व्यवस्थापन र सार्वजनिक शौचालय तथा खानेपानीको प्रवन्ध मिलाउनु पर्ने माग राख्दै स्थानीयबासीले भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

मंगलबार युवा समाजसेवी तथा ध्रुमपान नियन्त्रण अभियानका अभियान्ता मदन चन्दको नेतृत्वमा पालिका कार्यालय पुगेका स्थानीयले खुलामञ्चको संरक्षण हुन नसकेको, फोहोरमैलाले बजारी क्षेत्र दुर्घन्धित हुँदै गएको र पानी नहुँदा यहाँका सार्बजनिक शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको भन्दै स्थानीयवासीले नगर प्रमुख बोकटी समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन ।

यस्तै पुस्तक बिक्रेता नवराज भट्टले नियमित जस्तो खेलकुद प्रतियोगिता हुने गरेको मञ्च फोहोरले दुर्घन्धित भएपनि संरक्षणका लागि नगरपालिकाले पहल नगरेको भन्दै गुनासो गर्नु भयो ।

खुलामञ्चमा खेलाडीहरुका लागि चेञ्जिङ रुमसमेत बनाउन माग गरिएको छ। यहाँ रहेका सार्बजनिक शौचालय पनि काम नलाग्ने अवस्थामा पुगेका छन्। पानी नहुँदा ती प्रयोगमा छैनन्। तिनको मरम्मतसम्भार गरी प्रयोगमा ल्याउन पनि स्थानीयले नगरप्रमुख बोगटी समक्ष माग गरेका छन्।

नगरप्रमुख बोगटीले माग सम्बोधनको आश्वासन दिएको स्थानीयले बताए। ‘यी मागहरु सम्बोधन गर्नका लागि हामी नगरप्रमुखलाई घचघच्याइरहने स्थानीयहरुको भनाइ रहेको छ ।

ताजा समाचार