बैतडीको पाटनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

महेन्द्रनगर। बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। पाटन नगरपालिकाको आयोजनामा पौष ३ गतेबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। नगर क्षेत्रभित्र नसर्ने रोगको उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिवर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

प्रथम चरणमा वडा नम्बर १, ५, र ७ मा रहेका स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिंह महराले बताए।

मधुमेह, मुटु सम्बन्धि र क्यानसर जस्ता नसर्ने रोगहरु पछिल्लो समय बढदै गएकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गर्न नगरपालिकाले १० ओटै वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी गरेको उनले बताए।

पाटन नगरपालिकाले एकसूचना जारी गरेर प्रथम चरणमा वडा नम्बरं १ सकारमा रहेको प्रसुप्तिकेन्द्रमा सञ्चालन हुने पौष ५ गते, पाटन ५ मा रहेको बसन्तपूर स्वास्थ्यचौकीमा पौष ७ गते र पाटन ७ को कैलपाल स्वास्थ्य चौकीमा पौष ३ गते स्वास्थ्य शिविर सञ्चालन हुने जनाएको छ।

शिविरमा खानपिन तथा जीवनशैलीका कारण लाग्ने एक अर्कामा नसर्ने रोगहरुको परीक्षण, उपचार,परार्मश सेवा पदान गरिने स्वास्थ्य संयोजक महराले बताए।

दम तथा फोक्सो सम्बन्धि ,उच्च रक्तचाप, तथा मुटु सम्बन्धि रोगहरु, मधुमेह,बाथ जोर्नि दुखाई, स्तन र पाठेघरको क्यानसर, मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

शिविरमा रोग अनुसारको औषधि समेत वितरण गरिने बताइएको छ।

ताजा समाचार