पुस १० गते सम्ममा नयाँ सरकार गठन गर्न राष्ट्रपतिको निर्देशन

महेन्द्रनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्।

पुस १० गते सम्ममा नयाँ बन्ने प्रधानमन्त्री टुंगो लगाउन समय निर्धारित गरेकी छन्।

निर्वाचन आयोगबाट रास्ट्रपति समक्ष मंसिर २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रतिनिधिसभा सदस्य निर्वाचन एन, २०७४ को दफा ६२ बमोजिम प्रतिवेदन आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनैपनी दलले स्पष्ट बहुमत प्राप्त नगरेमा संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था उल्लेख छ।

पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

ताजा समाचार