विद्यालय परिसरमै आगो बालेर मदिरा सेवन

महेन्द्रनगर ।  कञ्चनपुरको एक विद्यालय परिसरमै आगो बालेर मदिरा सेवन गरेको भेटिएको छ। कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरी नगरपालिका–१० भुडास्थित भगवानपुर माध्यमिक विद्यालय परिसरमा केही व्यक्तिहरुले मदिरा सेवन गरेको भेटिएको पाइएको छ। विद्यालयका एक शिक्षकले विद्यालय परिसरसँगै त्यस आसपासको निश्चित क्षेत्रमा मदिरा बिक्री, वितरणसमेत गर्न नपाउने व्यवस्था रहेको बताए।

तर, विद्यालयको विज्ञान प्रयोगशाला नजिक हिजो रातीको समयमा आगो ताप्दै मदिरा सेवन गरेको भेटिएको बताए। उनले सुकेका उखुको दाउरा बनाएर आगो बालिएको र नजिकै मदिरा सेवन गरिएका तीन वटा प्लाष्टिकका गिलास र लाइटर भेटिएको बताए। यस्तै त्यस्ता व्यक्तिहरुको खोजि गरी कानूनी कारबाही गर्नुपर्ने बिद्याथीहरुका अभिभावकले माग गरेका छन्। ल्याबमा प्रज्वलनशील सामग्री राखिएको कुनै दुर्घटना नभएको बिद्यालयका शिक्षकहरुले बताएका छन्। ल्याबमा आगो सल्केको भए पूरै विद्यालयमा क्षति हुनसक्ने भन्दै ती शिक्षकले यो घटनाको छानबिन गर्न माग गर्दै व्यक्तिहरुको खोजि गर्न माग गरेका छन्।

ताजा समाचार