भ्यू टावरसहित सञ्चालनमा आयो पीसल्यान्ड रिसोर्ट

महेन्द्रनगर । धनगढीमा भ्यू टावरसहित पीसल्यान्ड रिसोर्ट सञ्चालनमा आएको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर–३ वडहरामा रिसोर्ट सञ्चालनमा आएको हो। उक्त रिसार्टको मुख्य आर्कषण भ्यू टावर रहेको सञ्चालक कवीन्द्र ऐरले बताए। सेमिनारहल, लज, रेस्टुरेन्ट तथा शान्त वातावरणमा रिसोर्ट सञ्चालनमा ल्याइएको छ। भ्यू टावरमा चढेर पुरै धनगढीलाई नजिकबाट नियाल्न सकिने ऐरले बताए।

उनले भने, ‘भ्यूटावरमाथिबाट दुरवीनले हेर्दा चिसापानी माथी रहेको डाँडा र सूर्यास्तको पनि नजिकबाट अवलोकन गर्न सकिने छ।’ दुवई तथा सिंगापुरका पाँच तारे होटलमा म्यानेजर भएर काम गरिसकका र धनगढी फर्किएर विभिन्न कलेजमा होटल म्यानेजम्यान्ट पनि अध्यापन गराइरहेका ऐरले धनगढीमा फरकपन भएको रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।

‘मैले दुवई र सिंगापुरका ५ तारे होटलमा म्यानेजर भएर काम गरेको अनुभव छ।’ उनले भने, ‘आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न र धनगढीलाई नयाँपनको अनुभव गराउन यो रिसोर्ट संञ्चालनमा ल्याएका हौ।’ रिसोर्टमा अहिलेसम्म ५ करोडबढी लगानी लागि सकेको र थप ५ करोड लगानी गर्ने योजना रहेको उनले बताए। उनले उक्त स्थानमा पाँच तारे होटल खोल्ने आफ्नो सपना रहेको बताएका छन्।

ताजा समाचार