नगरपालिकाको निर्णय विरुद्ध राजमार्ग अवरुद्ध

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ संकलनमा गरेको पछिल्लो निर्णय विरुद्ध ट्याक्टर व्यवासायले राजमार्ग अवरुद्ध गरेका छन्। नगरपालिकाले गरेको निर्णयको विरोध गर्दै ट्रयाक्टर व्यावसायीले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।

नदीजन्य पर्दाथको राजस्व रकम बढाएको भन्दै ट्याक्टर व्यवसायीले खुटीया पुलमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। स्याउले–खुटीया–बल्मी ट्याक्टर व्यवसायी संघले विरोध जनाँउदै पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

नगरपालिका आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थ संकलन गर्ने विषयमा छलफल भइरहेको गोदावरी नगरपालिका उप प्रमुखले बताइन्।

ताजा समाचार