डडेल्धुराका दीपक लामिछानेको सचिवालय संयोजकमा नियुक्त

महेन्द्रनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त भएका छन्। लामो समयदेखि लामिछानेलाई साथ दिइरहेका बोहरा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत हुन्।

गृहमन्त्री लामिछानेले बोहरालाई सचिवालय संयोजकको जिम्मेवारी दिएका छन्। बोहरा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा थिए। तर, लैंगिक तथा जातीय सन्तुलन मिलाउनुपर्ने भएकाले उनी अवसरबाट बञ्चित भएका थिए।

लामिछाने सञ्चारकर्ममा हुँदादेखि नै बोहरा उनका निकट सहकर्मी थिए। उनले न्यूज २४ बाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा प्रोड्यूसरको रूपमा काम गरेका थिए। उनीसँग नेपाल टेलिभिजन, नेपाल वान टेलिभिजन र टाइम्स एफएममा समेत काम गरिसकेको अनुभव छ।

ताजा समाचार