जिप अनियन्त्रित हुँदा २८ वर्षीय एक युवाको मृत्यु, दुई जना घाइते

महेन्द्रनगर । बुटवलमा सडक दुर्घटनामा परी प्यूठानका एक यूवाको मृत्यु भएको छ।

गुडिरहेको डबल क्याप जिप अनियन्त्रित भइ दुर्घटना हुँदा गौमुखी गाउँपालिका १ प्यूठानका २८ वर्षीय रोशन गिरीको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

लुम्विनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक गेट अगाडि अनियन्त्रित भएर ग १ ज ६३६७ नम्बरको जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा परी सोही ठाउँका २९ वर्षीय सुरेश तामाङ र २९ वर्षकै मिनबहादुर तामाङ घाइते भएका छन्।

प्रहरीका अनुसार गम्भीर अवस्थामा रहेका सुरेशको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

ताजा समाचार