घरमा आगलागी हुँदा एक जनाको मृत्यु

महेन्द्रनगर । कास्कीको मादी गाउँपालिका(१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे । उनका छोरारबुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन् । आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको हो ।

ताजा समाचार