महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् ।
संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् ।
मंगलबार भएको मतदानमा २७० सांसद सहभागी भए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । सांसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ ।