महेन्द्रनगर । पश्चिम नेपालको तराईका जिल्लाहरुमा माघे संक्रान्तिको चहलपहल बढेको छ।जसमा थारु समुदायले माघे संक्रान्तिलाई नयाँ वर्ष रूपमा लिइने भएकोले थारू समुदायमा माघे संक्रान्तिको स्वागतका लागि विभिन्न कार्यक्रम र खानपानको तयारी सुरु भएको छ।
कञ्चनपुर बेतकोट नगरपालीका वडा नं – ८ भासीका थारु समुदाय बस्तीका स्थानिय बासिन्दा आँशु डगौरा भन्छिन् । “माघी पर्वको रौनक थारु समुदायमा बढिरहेको छ । पर्वको लागि सबै ब्यक्तिहरु खाद्यसामग्री को जोहो गर्ने,घर आगन लिपपोत गरेर सरसफाई गर्ने, जाँड रक्सी बनाउने, जंगलमा गई दाउरा संकलन गर्ने,सालको पातहरू टिपेर दुना, तपरी तयार गर्ने ,तोरीको तेल पेल्नेजस्ता कार्यहरू भइरहेको डगौराले बताएकी छिन् ।”

यसै गरी “थारु समुदायको मुख्य पर्व माघे संक्रान्ति भएकाले यसलाई तमझामका साथ थारु समुदायका मानिसहरू माघे संक्रान्तिको दिन बिहानै उठेर नदी तलाउमा गई नुहाई धुवाई गरि आफूभन्दा ठूला बाट आशीर्वाद लिने गरिन्छ र आशीर्वाद लिसकेपछि बिभिन्न किसिमका परिकारहरू ढीक्री, भात तरकारी,अचार,रोटी , बरिया, सुँगुरको मासु , जाँड रक्सी पिउने,घोंगी,माछा गंगटा लगायतका विभिन्न किसिमका परिकारहरू पकाएर खाने चलन रहेको भीमदत्त नगरपालिका वडा नं -१ राजिपुरका भैरव डगौराले बताएका छन् ।

डगौराले भने “यो पर्व थारु समुदायका मानिहरूले परापूर्वकाल देखि नै मान्दै आएको चाल चलन भएकोले अहिले पनि थारु समुदायले रीतिरिवाज, संस्कृति परम्परालाई झल्काउने गरेर आफ्नै भेषभुषाको पहिरन लगाएर बिभिन्न किसिमका नाचगान कार्यक्रम गर्ने प्रचलन रहेको छ ।
जसमा झुम्रा, सखिया, भरतार जस्ता नाचगान कार्यक्रम आयोजना गरेका छौं । तर अहिले आएर आधुनिकताका कारण थारु समुदायका पुराना चालचलन,रीतिरिवाज,भेषभुषा,हराउँदै गएको डगौराले गुनासो समेत पोखेका छन् ।


