स्ववियु चुनावः नेविसंघ कैलालीले बोलायो बृहत विद्यार्थी भेला

महेन्द्रनगर । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ कैलालीले बृहत विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

स्ववियु चुनावका निमित्त माघ ७ गते नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय धनगढीमा वृहत विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने नेविसंघ कैलालीले जनाएको छ ।

पटक–पटक स्थगित हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका निमित्त छलफल तथा अन्तक्रिया गर्न वृहत विद्यार्थी भेला तथा अन्तरक्रिया गर्न लागिएको नेविसंघ कैलालीका सभापति मनिष कुवँरले बताए ।

सभापति कुवँरले आफ्नो फेशबुक मार्फत समेत नेविसंघका सम्पूर्ण क्याम्पस,पालीकाका इकाई कमिटि, लगाएत जिल्लाभरिका नेविसंघमा आवद्ध तथा आस्तावान विद्यार्थीहरुलाई नेविसंघ कैलालीले आयोजना गर्नेे स्ववियु चुनावका निमित्त वृहत विद्यार्थी भेला तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुन अनुरोध गरेका छन् । कुवँरले केही दिनअघि मात्रै नेविसंघ कैलालीको सभापतिको जिम्मेवारी पाएका हुन् ।

ताजा समाचार