अखिल क्रान्तिकारी कञ्चनपुरको १८औँ जिल्ला सम्मेलन

महेन्द्रनगर । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १८औँ जिल्ला सम्मेलन उद्दघाटन भएको छ । शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको हलमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १८औँ जिल्ला सम्मेलन शुरु गरिएको हो ।

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ र जुझारु संगठन निर्माणका लागि १८ औँ जिल्ला सम्मेलन अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथको अध्यक्षतामा शुरु भएको सम्मेलनको संचालन क्रान्तिकारी नेता लक्ष्मी शाहले गरेकी थिईन ।

उद्घाटन समारोहमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाहले शिक्षा क्षेत्रमा थुप्रै विकृती देखिएकाले उक्त विकृती बिरुद्धमा क्रान्तिकारी विद्यार्थीको खाँचो रहेको जनाएका छन् ।नेकपा नेता बहादुर सिह महराले शैक्षिक विकृती बिरुद्धमा शसक्त रुपमा अघि बढ्नुपर्नेमा जोडदिएका थिए । अखिल नेपाल महिला संघ क्रान्तिकारीका नेता पार्वती सिहले शिक्षामा आर्मूल परिर्वतनका लागि क्रान्तिकारीको भूमिका अहम रहेको बताईन ।सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्दै जाने क्रान्तिकारीले जनाएको छ ।

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र नाथ, उपाध्यक्ष चन्द्रीका अवस्थी, सचिव रोशन नेपाली, सह सचिव भट्ट, कोषाध्यक्ष सावित्री जोशी सहित २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ ।

ताजा समाचार