भीमदत्त नगरपालिकाद्धारा आयोजित छैठौँ शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा आयोजित छैठौँ शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘आर्थिक पर्यटन समृद्धि आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मुल नारा साथ मंगलवार एक कार्यक्रमका बिच छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको हो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले वृक्षरोपाण गरि छैठौँ शुक्लाफाँटा पर्यटन महोत्सव उद्धघाटन गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकिय गन्तव्य बनाउनुपर्ने बताए । उनले जिल्लाका सबै पालिकाले आ–आफ्नो तर्फबाट आन्तरिक पर्यटन प्रर्बद्धनका कार्यक्रम गर्नुपर्नेमा जोडदिए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आन्तरिक तथा वाह्य पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताए । ‘हाम्रो यहाँ थुप्रै पर्यटकिय एवम् धार्मीक स्थलहरु रहेका छन् । यद्यपी हामीसंग भएका पर्यटकिय स्थल तथा धार्मीक स्थलहरुको प्रवद्र्धन प्रचार–प्रसार गर्न नसक्दा हामीले प¥याप्त लाभ लिन सकेका छैनौँ ।’

नगर प्रमुख बोगटीले भने ‘त्यसैले यहाँको पर्यटन प्रवद्र्धनका लागि यो महोत्सवको आयोजना गरिएको हो ।’ उनले अगाडी भने ‘यो महोत्सवले यहाँको पर्यटन विकासमा केही टेवा पुग्ने विश्वास लिएको छु ।’ यस्तै उनले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका कार्यक्रम तथा सुख्खा बन्दरगाह, महाकाली करिडोर, निर्माणाधिन मझगाउँ विमानस्थल, छेला औद्योगिक क्षेत्र, महाकाली पुल लगाएतका ठुला आयोजना सम्पन्न भए यहाँको पर्यटन विकासले फड्को मार्ने बताए ।

कार्यक्रममा दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले निकुञ्जको संरक्षणका साथै पर्यटन प्रवद्र्धन गरेर आयआर्जनका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा बताए । उनले निकुञ्ज बाधक भन्दा पनि पालिका र स्थानीय जनताको सारथी बन्नुपर्नेमा सुझाव दिएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले व्यवसायीलाई सुविधायुक्त कार्यक्रम संचालन गरेर पर्यटकीय व्यापार व्यवसाय फस्टाउने बताए । भीमदत्त नगरपालिका पर्यटन समितिका उपाध्यक्ष राजेन्द्र केसीले पालिकाले आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम गरिएकोे बताए ।

उपाध्यक्ष केसीले १० दिनसम्म संचालन हुने महोत्सवमा थुप्रै कार्यक्रम संचालन हुने बताए । उनका अनुसार दोस्रो दिन कञ्चनपुरका पत्रकारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण, तेस्रो दिन निकुञ्ज परिसरमा सरसफाई, चौथो दिन पर्यटन प्रर्बद्धन सम्बन्धी छलफल, पाचौँ दिन मैत्रीपूर्ण फुटबल, छैटौँ दिन चरा अवलोकन, सातौँ दिन संरक्षण र पर्यटन बारे माध्यामिक तह स्तरिय वक्तृत्वकला, आठौँ दिन हिरापुरमा कृष्णसार अवलोकन, नवौँदिन आन्तरिक पर्यटन प्रर्बद्धन सम्बन्धी छलफल र १० औँ दिन विवित कार्यक्रम गरेर समान गरिने छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा उद्धघाटन गरिएको कार्यक्रममा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख क्रमश नीलम लेखक जोशी,गंगा जोशी,वडाध्यक्षहरु, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख, होटेल व्यवसायी संघका अध्यक्ष जगदिश भट्ट,राजनितिक दलका प्रतिनिधि लगाएत विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि,संरक्षणकर्मी, जनप्रतिनिधी,सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । महोत्सव १८ फागुनसम्म संचालन हुनेछ ।

ताजा समाचार