भीमदत्त नगरपालिका–१७ द्धारा बाटो निर्माण शुरु

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १७ ले स्थानीय कृस टोल हुदैँ बैजनाथ प्रगती टोलसम्मको बाटो निर्माण गर्न शुरु गरेको छ । ६ लाख लागतमा ८ मिटर चौडाइको नयाँ बाटो (ट्र्याक) खन्न थालिएको वडाध्यक्ष पदम बुडाले बताए । ‘कृस टोल हुदैँ बैजनाथ प्रगती टोल जोड्ने ८ मिटरको नयाँ बाटो खन्ने काम शुरु भएको छ । केही साताभित्र ग्राभेल गरी सञ्चालन गरिनेछ ।’ उनले भने ‘उक्त बाटोबाट तत्काल झण्डै १०/१२ परिवार लाभाम्वित हुनेछन् ।’

ताजा समाचार