नागरिक उन्मुक्तिका सांसद अरूण चौधरीले राष्ट्रपति चुनावमा भोट हाल्न पाउने

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीले राष्ट्रपति/उपराष्ट्रपतिको चुनावमा भाग लिन पाउने भएका छन्।

निर्वाचन आयोगले राखेको मतदाता नामावली लिस्टमा उनको नाम समावेश गरिएको छ। यसअघि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा उनको नाम समावेश गरिएको थिएन।

चौधरी पक्राउ परेको सूचना संसद सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली अन्तिम गरिएका कारण उनको नाम समावेश भएको थिएन। चौधरी राष्ट्रपतिबाट माफी पाएर जेल मुक्त भैसकेका छन्।

ताजा समाचार