पर्यटन प्रवद्र्धनका लागि होटेल व्यवसायीहरु संग छलफल

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि होटेल व्यवसायीहरुसंग अन्तरक्रिया छलफल गरेको छ । भीमदत्त नगरपालिकाद्धारा आयोजित शुक्लाफाँटा पर्यटन महोत्सव अन्तर्गत बुधवार जिल्लामा पर्यटन प्रवद्र्धनका लागि स्थानिय होटेल व्यवसायीहरुसंग छलफल गरिएको भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले बताए ।

‘ पर्यटन प्रवद्र्धनमा होटेल व्यवसायीहरुको ठुलो भूमीका रहन्छ ।’उनले भने‘त्यसैले शुक्लाफाँटा पर्यटन महोत्सव अन्तर्गत बुधवार होटेल व्यवसायीसंग छलफल गरेका हौँ ।’ बैठकमा यहाँको पर्यटन विकासका सम्भावना,चुनौती तथा समस्या समाधान लगाएतका विषयमा छलफल भएको होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश भट्टले बताए ।

नगर पर्यटन विकास समितिका उपाध्यक्ष केसीको अध्यक्षतमा बसेको उक्त बैठकमा वडाध्यहरु, होटेल व्यवसायी संघ कञ्चनपुर, कैलालीका अध्यक्षहरु, निवर्तमान अध्यक्षहरु, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वाडेन, विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार