नेविसंघ कञ्चनपुरले १४ क्याम्पसमा ग¥यो संगठन दर्ता

महेन्द्रनगर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले १४ क्याम्पसमा संगठन दर्ता गरेको छ । नजिकिदैँ गरेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले जिल्लाका विभिन्न १४ क्याम्पसमा आफ्नो संगठन दर्ता गरेको हो ।

स्ववियु चुनावलाई मध्यनजर गर्दै नेविसंघ कञ्चनपुर अहिले विभिन्न क्याम्पसमा आफ्नो संगठन विस्तार तथा दर्ता गरिरहेको नेपाल विद्यार्थी संघ कञ्चनपुरका सभापती रमेश चटौतले बताए ।

उनकाअनुसार हालसम्म जिल्लाका जनज्योती बहुमुखी क्याम्पस,सिद्धनाथ विज्ञान क्याम्पस,कञ्चन सामुदायिक कलेज,दानेश्वर बहुमुखी क्याम्पस,बाल जागृती कलेज,भानु बहुमुखी क्याम्पस,वारिधी कलेज,कञ्चन बहुमुखी,कृष्ण बैजनाथ बहुमुखी,शारदा विद्यापिठ,उदय सरस्वती बहुमुखी, महाकाली बहुमुखी, रौलेश्वर बहुमुखी, जनता बहुमुखी क्याम्पसमा संगठन दर्ता गरिएको छ ।

ताजा समाचार