नेविसंघ कैलालीद्धारा कैदिबन्दिहरुका लागी व्यवस्थित खानेपानी र शौचालयको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र पेश

महेन्द्रनगर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कैलाली जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन पत्र पेश गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यालयमा रहेका कैदिबन्दिहरुका लागि स्वच्छ खानेपानी र व्यवस्थित शौचालयको व्यवस्था गर्न माग गर्दै नेविसंघ कैलालीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएकोे हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेको कारागारमा स्वच्छ खानेपानी र व्यवस्थित शौचालयको समस्या रहेको बताउदैँ नेविसंघ कैलालीका अध्यक्ष मनिष कुवँरले उक्त समस्या समाधनका लागी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाईको बताए ।

‘जिल्ला प्रहरी कार्यालयमा रहेको कारागारमा कैदिबन्दिहरुका लागी स्वच्छ खानेपानी र व्यवस्थित शौचालय नहुदाँ उहाँहरुलाई विभिन्न सरुवा तथा अन्य रोगहरु हुन सक्छ ।’ अध्यक्ष कुवँरले भने ‘सोही कुरालाई मध्यनजर गर्दै आज (विहिवार) कारागारमा स्वच्छ खानेपानी र व्यवस्थित शौचालयको निर्माण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छौ ।’

ताजा समाचार