लायन्स क्लव अफ महाकालीको अध्यक्षमा जोशी र सचिवमा पन्त चयन

महेन्द्रनगर । लायन्स क्लव अफ महाकालीको अध्यक्षमा लायन सीमा जोशी चयन भएकी छन् । शनिवार एक कार्यक्रमका विच लायन्स वर्ष २०२३/२४ का लागी लायन्स क्लव अफ महाकालीको अध्यक्षमा पुनः जोशी, प्रथम उपाध्यक्षमा लायन लक्ष्मी प्रसाद पन्त, द्धितिय उपाध्यक्षमा लायन डा.शंकरदत्त भट्ट ,सचिवमा लियो–लायन भाष्कर पन्त र कोषध्यक्षमा लियो–लायन रोशन पाठक चयन भएका हुन् । यस्तै क्लव डाइरेक्टरमा लायन जन्दिप भट्ट चयन भएका छन् ।

समाजिक सेवामा क्रियाशिल लायन्स इन्टरनेशनल अन्तर्गत लायन्स क्लव अफ महाकालीले निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । विश्वभर २ सय भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा ४८ हजार भन्दा बढी लायन्स क्लव र १४ लाख भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।

ताजा समाचार