कञ्चनपुरमा अवैध सामान बरामद

कञ्चनपुर। कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ।
सोमबार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले एक लाख ४९ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको हो।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बलुवानाला नजिकै हाईड्रोफेसियल उपकरण, बाक्स र माईक्रो निडल थेरापी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ ।

ताजा समाचार