कञ्चनपुर । मलामि गएका एक जना महाकाली नदिमा डुबेर मृत्यु भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दिपेन्द्र हमालको डुबेर मृत्यु भएको हो ।
आज (आइतबार) दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन र सशस्त्र प्रहरी टोलीले खोजी गर्दा मृत शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।