प्रमुख सचेतक लेखकद्धारा महाकाली अस्पतालको स्थलगत अनुगमन

महेन्द्रनगर । नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखक नेतृत्वको टोलीले महाकाली प्रादेशिक अस्पतालको अनुगमन गरेको छ ।

सोमबार प्रमुख सचेतक लेखक, प्रदेश सभा सदस्य मधु भारती,जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा, नगर प्रमुख पदम बोगटी, नगर उपप्रमुख नीलम लेखक जोशी लगाएतले महाकाली प्रादेशिक अस्पतालका विरामी भेटघाट र अस्पतालको अनुगमन गरेका हुन् ।

लेखकले महाकाली प्रादेशिक अस्पतालको थप स्तरोन्नती गर्ने विषयमा अस्पतालका पदाधिकारीसंग छलफल समेत गरेका छन् । अनुगमनका क्रममा उनले अस्पतालमा रहेका विभिन्न समस्या समाधान गर्ने विषय र डाक्टरहरुको दरबन्दी,सिटि स्क्यान सेवा लगाएतका सेवाको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

‘यो अस्पतालमा सिटि स्क्यान, डाक्टरहरुको दरबन्दीको अभाव लगाएतका समस्या समाधान गर्छौ ।’ उनले भने ‘स्वास्थ्यमन्त्री नियुक्त भएपछि यो समस्या समाधानका लागी पहल छलफल गरौँला ।’ यस्तै उनले अस्पतालको समग्र विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट निरन्तर काम गर्नुपर्ने समेत बताए ।

यस्तै मजदुर दिवसको अवसरमा अस्पतालका विकारामीहरुलाई फलफुल समेत वितरण गरिएको छ । मजदुर दिवसको अवसरमा संसदिय दलका प्रमुख सचेतक लेखक, पार्टी सभापती एवम् नगर प्रमुख बोगटी लगाएतको उपस्थितिमा नेपाल ट्रेड युनियन काँग्रेस कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालका विरामी र महाकाली अञ्चल बाल अनाथालयका बालवालिकाहरुलाई फलफुल वितरण गरेको नेपाल ट्रेड युनियन काँग्रेस कञ्चनपुरका अध्यक्ष सुशिल भट्टले बताए ।

ताजा समाचार