महेन्द्रनगर । नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रिय र प्रदेश सरकारले छिटै पूर्णता पाउने बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्र र प्रदेश सरकारलाई छिटै पूर्णता दिन छलफल भइरहेको बताएका हुन् ।
‘केन्दिय सरकार र प्रदेश सरकारको मन्त्रीमण्डललाई पूर्णता दिन दलहरुविच छलफल भइरहेको छ ।’ उनले भने ‘अब छिटै सरकारले पूर्णता पाउँछ ।’
यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेको बताएका छन् । ‘अहिले प्रधानमन्त्रीज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीलाईपनि सरकारमा समावेश गर्न छलफल गरिरहनु भएको छ ।’ उनले भने ।