कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ देखि चालु आव ०७९/८० सम्म छाडा चौपाया व्यवस्थापनका नाममा ४५ लाख ७१ हजार ३ सय ८९ रुपैयाँ खर्च भइसकेको छ तर समस्या उस्तै र उपलब्धी शून्य छ ।
स्थानीय बासिन्दाले छाडा चौपायालाई केही वर्षअघि मात्रै गाउँपालिका कार्यालयमै छाडा चौपाया लगेर थुने पछि पालिकाले छाडा चौपायाहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न झिलमिल वडा नं. ५ पश्चिमी किनारमा गौशाला (खोर) स्थापना गरिएको हो।
२०७४ पौष देखी २०७५ असार सम्म उक्त गौशालाको व्यवस्थापन तथा संचालनको जिम्मा वागेश्वरी उपभोक्ता समितिले लिएको र त्यसपछि हाल सम्म सो कार्यको जिम्मा किसान मध्यवती सामुदायीक वन उपभोक्ता समूहले लिएको छ । करिब १.५ बिघा जती जमीनलाई तारवारले घेरी, टिनको छाना र फर्स गरेको २ वटा टहराहरु बनाईएको छ ।
यहाँ गाई वस्तुहरु लाई सेवाको नाममा केही व्यवस्था राम्रो छैन गाई वस्तुलाई खाना बस्नको लागि उचित व्यवस्था छैन स्वास्थ पशुहरू जंगलमा चर्न जान्छन् अशक्त पशु यतै उपचार औषधि,भिटामिन केही नपाएर त्यतिकै मर्छन् । गाईबस्तु लाई पानी दिनको लागि एक मोटरको पनि व्यवस्था छैन । पशुहरू भोकप्यास र बिरामीकै कारणले अहिले दिन प्रतिदिन ५/६ गाई वस्तुहरु मर्ने गरेका छन् भने बर्खायम र चिसो मा त झनै दिनकै २२/२३ वटा गाई वस्तुहरु मर्ने गरेको गाई वस्तुको हेराला गर्ने मानबहादुर खड्काले बताएका छन् ।
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504141632-1024x485.jpg)
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504140845-1024x485.jpg)
जिल्ला पशु कार्यालयका महेन्द्र पाण्डेका अनुसार पशु औषधिको माग हुन आएमा गाई वस्तुको लागि औषधि निशुल्क व्यवस्थापन गर्ने बताएका छन्।
खडकाले बताए अनुसार औषधि उपचार केही हुँदैन, दिनकै ४/५ बस्तुभाव त्यतिकै तड्पेर मर्छन्, मरेपछि पछाडिको झडीमा लगेर फालिदिन्छौं । मृत गाई वस्तुको छाला दमाह बनाउन दिने गरेका छौं ।
उचित व्यवस्थापन भए दूध बेच्न मिल्ने व्याएका वा व्याउने गाई वस्तुहरु सबै लाई एउटै खोरमा राख्ने , खोरको वरपरको तारवारको राम्रो व्यवस्थापन नभएको कारणले व्याएको गाईको बच्चा २/३ दिन नपुग्दै कुकुर, स्यालले लगेर जान्छन् ।”
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504140236-1024x485.jpg)
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504134001-1024x485.jpg)
छाडा चौपाया व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो । उक्त गौशालामा गाईबस्तु चौपाया राखे पनि उचित स्याहार नभएको त्यहाँका स्थानीय वडा नं ५ झिलमिलका प्रकाश रावलले बताएका छन् । खोरमा राखिएका यी छाडा चौपायामध्ये केही त त्यही मरिसकेका छन् भने केही गाई वस्तु भोकमरी र उपचार औषधि,भिटामिन नपाएर मर्दै छन् । मरेका गाईबस्तु लाई पनि उचित तरिकाले व्यवस्थपान नगरेर गौशालाको अलिपर झरीमा जथाभावी कंकाल हड्डीहरू फालेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपझिम प्रदेश वाट गौशाला निर्माण तथा व्यवस्थापन वापत प्राप्त गरेको अनुदान रकम रु १७ लाख बाट करिब १.५ बिघा जति क्षेत्रफलमा तारबार र गाई वस्तुको लागि जस्ता पाताले छाएको २ वटा टहरा , पानी खाने नलमै बजेट सख्खाव गरेको हो ।
किसान मध्यवती समुदाय वन उपभोक्ता समूहका अध्यक्ष देव बहादुर खड्काका अनुसार २०७५ असारमा “वागेश्वरी उपभोक्ता
समितिवाट गौशालाको व्यवस्थापनको जिम्मा दिएर गाईगोरुको हेरचाह गर्न ४ जना गोठाला र १ जना वन हेराला राखेको छ ।
गाई वस्तुको हेराला ४ जाना लाई मर्षिक जम्मा रु. १२ हजार का दरले तलव गाउँपालिकाले दिँदै आएको र वन हेराला १ जनालाई
सामुदायिक वन समितिले आन्तरिक श्रोत बाट मासिक रु. १३ हजार दिँदै आएको खड्काले जनाएका छन् ।
खड्काले भने ” छाडा चौपाया व्यवस्थापन गर्न पैसाको अभाव भएकै कारणले उचित व्यवस्थापन हुन सकेको छैन । उक्त गौशालामा बुडाखाडा गाईबस्तु धेरै भेटिन्छन् जो धेरै बाँच्दैन दिनमा २/४वटा मर्ने र तिनलाई खाल्डोमा हाल्ने र त्यो भन्दा बढी मरे भने त्यतिकै फाल्ने गरेको छ । “
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504141511-1024x485.jpg)
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504134214-1024x485.jpg)
छाडा पशुचौपाया व्यवस्थापनका नाममा स्थानीय सरकारले वर्षैभरि लाखौं खर्च गरेता पनि व्यवस्थित तरिकाले व्यवस्थापन नभएको गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको भनाइ रहेको छ । वहाँले भन्नु भयो ” छाडा पशुचौपाया व्यवस्थापनलाई आगामी दिनमा व्यवस्थित तरिकाले व्यवस्थापन गर्न भावी योजना बनाउँदै छौं छाडा पशुचौपाया व्यवस्थापनका साथ साथै उत्पादन मुलक किसिमले व्यवस्थापन गर्ने योजना ल्याउने बताएका छन् । “
उक्त पालिकाका वडा नं ५ का वडा अध्यक्ष ईन्द्र बहादुर खड्का भन्छन् “त्यो गौशालामा मरेका गाईवस्तुको दुर्गन्ध गाउँमै पनि आएको थियो त्यो दुर्गन्धलाई हटाउन किसान मध्यवती समुदाय वन उपभोक्ता समूहलाई खबर गरेर हड्डीहरु संकलन गरेका थियौं त्यो हड्डी बेचिन्छ भन्ने सुन्नमा आयो तर त्यो हड्डी कसरी कस्लाई बेच्ने वा कस्लाई जिम्मा लगाउने भन्ने कुराको टुंगो नलाग्दा त्यो हड्डीहरु त्यही नै जम्मा हुन गएको हो ।
स्थानिय सरकारले दिएको बजेटले मात्र गौशालाको व्यवस्थापन हुन नसकेको कारणले गौशालालाई आर्थिक पाटोले जोड्नको लागि उक्त पालिका नयाँ योजना बनाउने तरखरमा रहेको बताएका छन् ।”
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG_20230506_214648-1024x604.jpg)
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504141028-1024x485.jpg)
![](http://ekpatra.com/wp-content/uploads/2023/05/IMG20230504140829-1024x485.jpg)