घरमालिकलाई चिसोमा बेहोस हुने औषधि खुवाएर लुटपाट


कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा घरमालिकलाई चिसो पदार्थमा बेहोस हुने औषधि खुवाएर लुटपाट गरेको छ ।

उक्त जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ गोबरियामा बस्ने गोपि सिह प्वालिको घरमा २ दिन अघि मात्रै कोठा भाडामा लिएर बसेका भारतिय ब्यक्तिहरुले आफ्नो घरमा छोरा भएको भन्दै घरमालिकलाई चिसो पेय पदार्थमा बेहोस हुने औषधि खुवाएर नगद रुपैया सहित सुनका गरगहना लुटपाट गरेका हो ।

भारतियहरुले दिएको चिसो पेयपदार्थ खाएर बिहोस भएका घरमालिक परिवारका ८ जनाको अहिले महाकाली अस्पतालमा उपचार भैरहेको छ । उनिहरुले भारतिय नागरिकले नगद रुपैया सहित सुनका गरगहना चोरी गरेको बताइएका छन् ।

घरभाडामा दिदा वा कुनैपनी अपरिचित व्यक्तीहरूले दिएको खानेकुरा या कुनै किसिमको उपहार लिदा धेरै सोचौ, आफुमा आईपर्ने ठुलो दुर्घटनाबाट बचौ ।

ताजा समाचार