वडा सदस्य बस्नेतद्वारा अपाङ्गता खेलाडीलाई खेल पोषाक

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले अपाङ्गता भएका खेलाडीलाई खेल पोषाक वितरण गरेका छन । वडा सदस्य बस्नेतले आफ्नो व्यक्तिगत तर्फ अर्थात वडा सदस्यले पाउने भत्ताबाट खेल पोषाक वितरण गरेका हुन ।

शनिबार एक कार्यक्रमका विच वडा सदस्य बस्नेतले बाँस्केट खेलाडी जिवन भट्ट सहितका ९ जना खेलाडीलाई एक जोरका दरले खेल पोषाक वितरण गरेका छन । खेलाडी समेत रहेका वडा सदस्य बस्नेतले अपाङ्गता भएका खेलाडीको मनोबल बृद्धि विकासका लागि खेल पोषाक वितरण गरेको बताए । आफ्नो पालिका जनप्रतिनिधी बस्नेतले खेल पोषाक उपलब्ध गराएपछि अपाङ्गता भएका खेलाडी हर्षित भएका छन ।

ताजा समाचार