भीमदत्त नगरपालिकाको निति कार्यक्रम तथा बजेट पारित (पूर्णपाठ सहित)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को निति कार्यक्रम तथा बजेट पारित गरेको छ । आइतवार १३ औँ नगर सभा अधिवेशनमा नगर प्रमुख तथा नगरसभा अध्यक्ष पदम बोगटीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको निति कार्यक्रम र कार्यपालिकाको निर्णय अनुसार नगर उपप्रमुख तथा नगर सभा उपाध्यक्ष नीलम लेखक जोशीको अनुमतीमा नगरसभा सदस्य,भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर प्रवक्ता महेन्द्र खड्काले प्रस्तुत गर्नुभएको बजेट सोमवार बसेको नगरसभाले पारित गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्व ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट ल्याएको छ ।

नगरपालिकाले पारित गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट २६ करोड ५८ लाख, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २३ करोड ७१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड २२ लाख ४३ हजार,संघिय सरकारबाट सशर्त अनुदान ५२ करोड ८५ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड १ लाख ९२ हजार र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख २३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै समपुरक अनुदान संघिय सरकारबाट १ करोड ६५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड १४ लाख ७३ हजार, विशेष अनुदान संघिय सरकारबाट ५० लाख, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट ८० लाख,सामाजिक सुरक्षा तर्फ ५० करोड, अन्य अन्तरसरकारी अख्तियारीबाट ३ करोड ५ लाख बजेटको स्रोतको रुपमा रहने नगर प्रवत्ता खड्काले बताउनुभयो । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम ‘समृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच, वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ भन्ने नारा सहित तय गरिएको छ । भीमदत्तको आर्थिक वर्ष ०८०/०८१ को निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । “हाम्रो उपज हाम्रै प्रयोग” भन्ने नाराका साथ कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवसायिक कृषि खेतीलाई बढोत्तरी गर्नका लागि कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजिकरण गरिने, कृषि उत्पादनलाई अभिवृद्धि गर्न “एक वडा एक उत्पादन” को नीति अवलम्बन गरिने ।

कृषकहरुले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह, कृषि भण्डारण केन्द्र स्थापना तथा संचालन गर्न संघ सरकार तथा प्रदेश सरकारको समन्वयमा आवश्यक कार्य गर्न पहल गरिने, कृषि बालीमा किरा तथा रोगबाट हुने क्षति न्यूनिकरणका लागि कृषक लक्षित आकस्मिक बाली उपचार कार्यक्रम ल्याइने, कृषि व्यवसाय संचालन गरीरहेका कृषकहरुलाई एकिकृत कृषि तथा पशुपालन कार्यक्रम संचालन गर्न प्राविधिक तथा आवश्यक सहयोग गरिने प्रस्तुत निति कार्यक्रममा समावेश छ । “गौ(नन्दीको व्यवस्थापन, हाम्रो प्राथमिकता” रहेको परिवेशमा गौ(नन्दी (सामुदायिक पशु) को दिगो व्यवस्थापनका लागि अक्षय कोषको स्थापना गरी संचालनमा ल्याईने, गौ(नन्दीको उचित व्यवस्थापनका लागि संघ सरकार, प्रदेश सरकार, निजी, सहकारी तथा अन्य संघ(संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा गरिएका कार्यलाई निरन्तरता दिई आधारभूत संरचना र व्यवस्थापकीय कार्यलाई उच्च प्राथमिकता दिई अगाडि वढाइनेछ, गौ(नन्दीको उचित व्यवस्थापन गर्नका लागि प्रत्येक वडामा व्यवसायिक रुपमा महिला लक्षित आयआर्जन र उद्यमशीलता अभिवृद्धि हुने गरी गौ(नन्दी पालन व्यवसाय संचालन गर्न प्रोत्साहन गरिनेछ ।

पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउदै दुध तथा दुग्धजन्य पदार्थ, अण्डा र मासु आत्मनिर्भरता केन्द्रित कार्यक्रमहरू संचालनमा जोड दिइनेछ । “विद्यार्थीसँग मेयर कार्यक्रम” विद्यालयहरुमा संचालन गरी स्वस्थ्य वातावरण र शैक्षिक गुणस्तर अभिवृद्धि गरिने, “जेहेन्दार विद्यार्थी छात्रवृत्ती कार्यक्रम” अन्तरगत नगर क्षेत्रका विद्यालयहरुबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तीको व्यवस्थालाई निरन्तरता दिइने । संस्थागत विद्यालयबाट प्रदान गरिने गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाईका साथ व्यवस्थित गरी लागू गरिने ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यार्थीहरुलाई शिक्षाका साथ–साथै व्यावसायिक ज्ञान सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप बिस्तार गरिनेछ । “हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय” अभियान अन्तर्गत सामुदायिक विद्यालयहरुमा स्थानीय पाठ्यक्रम, योग शिक्षा लगायतका व्यवहारिक एवं व्यवसायिक शिक्षा प्रणालीलाई जोड दिइनेछ । एक विद्यालय एक पुस्तकालय स्थापना गर्न प्रदेश सरकार, संघ सरकार र अन्य दातृ निकायसँग समन्वय र सहकार्य गरिने । सूचना प्रविधिको उच्चतम प्रयोग गर्न शिक्षक एवं कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गरी “एक वडा एक प्रविधिमैत्री विद्यालय” बनाउने अवधारणा ल्याइने । विद्यालयमा खुवाइने दिवा खाजालाई पोषणयुक्त बनाउन आवश्यक अनुगमनको व्यवस्था गरिनेछ साथै जंक फुड वितरण प्रणालीलाई निरुत्साहित गरिन प्रस्तुत गरिएको निति कार्यक्रममा समावेश छ । प्रस्तुत निति कार्यक्रममा नगरवासीहरुको आधारभूत स्वास्थ्य सेवामा पँहुच सुनिश्चित गरिने ।

७५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइनेछ । स्वास्थ्य सेवामा सबैको पहुँचको अवधारणालाई साकार पार्न स्वास्थ्य सेवा प्रणालीको बिस्तार र सुदृढीकरण गर्दै समतामूलक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गर्न समुदाय स्तरमा शिविर र विशेषज्ञ सेवाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिनेछ । प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसुति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरुका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिई प्रभावकारी बनाइनेछ । अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परीक्षण सेवालाई विशेष प्राथमिकता दिइनेछ । भीमदत्त नगरपालिकाको क्षेत्र भित्र रहेका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य पदार्थको सेवन तथा बिक्रि वितरण कार्यलाई कडाईका साथ निरुत्साहन गर्नका लागि विशेष अभियान संचालन गरिनेछ । यस्तै नगरपालिकाले अन्य सरोकारवालासँगको सहकार्यमा नर्सरी स्थापना गरी आवश्यक बोटबिरुवा उत्पादन गरी नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिनेछ । टोल विकास संस्थाहरुको सक्रियतामा नगरका सडक क्षेत्रको दायाँ बायाँ वृक्षारोपण र संरक्षण गरिनेछ ।

बाढी, डुबान लगायतका विपदहरुसँग जुध्न वडा स्तरीय विपद व्यवस्थापन समिति लगायतका अन्य समिति र संजालहरुको आवश्यक क्षमता अभिवृद्धि गरी परिचालन गरिनेछ । एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न आवश्यक जग्गाको प्राप्तीका लागि सम्भावित क्षेत्रहरुमा प्रक्रिया अगाडि बढाइनेछ र फोहोरमैला व्यवस्थापनका लागि अन्तर स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । फोहोरमैला व्यवस्थापनका लागि अन्य वैकल्पिक उपायहरुको पहिचान गरी कार्यान्वयनका लागि पहल गरिनेछ । नगरलाई स्वच्छ तथा सफा राख्न “स्वच्छ नगर हरित नगर” भन्ने नारासहित भीमदत्त सरसफाई स्वच्छ अभियान संचालन गरिनेछ । ध्बकतभ एचयअभककष्लन ऋभलतभच संचालन तथा व्यवस्थापन गर्न आवश्यक कानून निर्माण गरी कार्यान्वयनमा ल्याइने नगरपालिकाको प्रस्तुत निति कार्यक्रममा समावेश छ ।

फोहोरलाई स्रोत मै वर्गीकरण गरी छुट्याउन नागरिक सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ । भीमदत्त नगरपालिकामा प्लाष्टिक झोला निषेध गर्न कागज तथा कपडाको वातावरणमैत्री झोला तथा थैला बनाउने उद्योगलाई प्रोत्साहन स्वरुप व्यवसाय करमा पचास प्रतिशत छुट दिने नीति अवलम्बन गरिनेछ । प्लाष्टिक जन्य सामाग्रीको प्रयोगमा दुरुत्साहित गर्न परम्परागत तथा मौलिक रुपमा प्रयोग हुने दुना टपरी लगायतका सामाग्रीहरुको उत्पादन तथा बजारीकरणका लागि आवश्यक कार्यक्रम ल्याइन पहल गरिनेछ । बजार क्षेत्रको ढल निकासलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ । एशियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना मार्फत कार्यान्वयनमा आइरहेको भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन केन्द्र, कार्य सम्पादनमा आधारित सामाजिक तथा आर्थिक विकास कार्यक्रमलाई निरन्तरताका लागि पहल गरिनेछ ।

नगरपालिकाको धार्मिक पर्यटकीय मार्ग, बाह्य र भित्री चक्रपथ र शुक्लाफाँटा पर्यटन मार्ग निर्माण कार्य सम्पन्न गर्न संघ तथा प्रदेश सरकारसँग पहल गरिनेछ । पूर्वाधार विकासको गुणस्तर सुनिश्चितताका लागि सुविधा सम्पन्न ल्याब स्थापना गर्न आवश्यक पहल गरिनेछ । विद्युतीय रिक्साको अभिलेखीकरण, व्यवस्थापन तथा नवीकरण कार्य गर्न आवश्यक प्रबन्ध मिलाईनेछ । महेन्द्रनगर विमानस्थल निर्माण कार्य सम्पन्न गर्न संघ तथा प्रदेश सरकारसँग आवश्यक समन्वय तथा सहकार्यलाई निरन्तरता दिइनेछ । नगरपालिका क्षेत्र भित्र रहेका अवैध संरचना हटाउनका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।

घर तथा भवन निर्माण गर्दा सडकमा निर्माण सामग्री राख्ने, सडकमा पशु चौपाया बाँधेर राख्ने जस्ता सडक यातायातमा व्यवधान पु¥याउने र सडकपेटी तथा सडकमा व्यापार व्यवसाय तथा पसल सामाग्री राख्ने कार्यलाई निरुत्साहित गरी सडक आवागमनमा सहजता ल्याइने लगाएत शिक्षा, स्वास्थ्य,कृषि, विपद व्यवस्थापन, सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाई, सडक, पुल तथा यातायात, भूमी व्यवस्थापन, सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका निति समेत कार्यक्रममा समावेश गरिएका छन् ।

यस्तो छ भीमदत्तको आगामी वर्षको निति कार्यक्रम

ताजा समाचार