महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाल अनाथालयलाई विविध सामाग्री सहयोग गरेको छ । विहिवार नगर उपप्रमुख नीलम लेखक जोशीले महेन्द्रनगर स्थित समाज कल्याण बाल अनाथालयका बालवालिकाहरुका लाई २३/२३ थान तन्ना, रेनकोट, चप्पल, झुल, जग, गिलास लगाएतका सामाग्री वितरण गरेकी हुन् ।
यस्तै ३ थान सिलिङ्ग फेन समेत सहयोग गरिएको हो । बर्खाको समयमा अनाथालयका बालवालिकाहरुलाई विद्यालय जान आउन हुने समस्यालाई मध्यनजर गर्दै आवश्यक रेनकोट, चप्पल, झुल लगाएतका समाग्री वितरण गरिएको नगर उपप्रमुख जोशीले बताइन् ।
‘बालवालिकाहरुलाई बर्खामा विद्यालय जान पर्ने समस्यालाई मध्यनजर गर्दै प्रत्यक बालवालिकालाई रेनकोट, चप्पल वितरण गरिएको हो ।’ उनले भनिन् ‘यस्तै झुल, जग, गिलास, तन्ना, पंखा लगाएतका समाग्री समेत हस्तान्त्ररण गरेका हौँ ।’
बर्खामा विद्यालय आउन जान हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले रेनकोट लगाएत अन्य थुप्रै सामाग्री वितरण गरेको खुशी लागेको बालवालिकाहरुले बताएका छन् ।